सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिनको कारोबारमा सामान्य अंकले बढेको छ। सोमवारको कारोबारमा बजार परिसूचक १.१५ अंकले बढेको हो । आइतवारको कारोबारमा ५४.५८ अंक अर्थात २.५५ प्रतिशतले बढेको बजार सोमवारको कारोबारमा उच्च उतारचढावबीच सकारात्मक भएको छ।
१.१५ अंक बढ्दा समग्र बजार परिसूचक २१९६.२५ अंकमा उक्लिएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.९४ अंक बढेर ४२१.१४ मा उक्लिएको छ।
झिनो अंकले बजार बढ्दा सोमबार ४ अर्ब ६७ करोडको सेयर किनबेच भएको छ। आइतवार ४ अर्ब ६० करोड कारोबार भएको बजारमा आज ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७ सय ५६ रूपैयाँ बराबरको छ। १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर ६७ हजार २ सय ५ पटकमा खरिद बिक्री भएको थियो जसमा २१७ कम्पनी सामेल रहेका थिए । बढ्दो बजार सोमबार ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ।
उप-समूहतर्फ सोमवार बैंकिङ, व्यापार, जलविद्युत, म्यानुफ्याक्चरिङ तथा लगानी समूह बढेका छन् भने बाँकी समूहको सेयर मूल्य घटेको छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया