महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी क्यापिटल

काठमाडौँ - 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेड ऋणपत्र जारी गर्ने भएको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ऋणपत्र निष्काशनको लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतामा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ । उक्त ऋणपत्र मध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निस्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया