शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

तत्काल सरकार बन्‍ने अवस्था नरहे चुनाव उत्तम विकल्पः देउवा

फाइल तस्‍वीर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सरकार बन्‍ने अवस्था नरहे चुनाव उत्तम विकल्प भएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) को राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले नयाँ सरकार गठनको प्रयासका लागि आफूले अन्य दलसँगको छलफललाई निरन्तरता दिएको भन्दै सरकार बन्‍न नसके चुनाव नै उपयुक्त विकल्प भएको बताए । 

उनले चुनावमा जानुपर्ने बाध्यता हुनसक्ने भन्दै त्यसका लागि कांग्रेस तयार हुनुपर्ने धारणा पनि राखे । देउवाले पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिदैं देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्‍ने नरहेको स्पष्ट पारे । 

कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको बताए । आमनिर्वाचनलगत्तै आफूले दाहाललाई प्रधानमन्त्री बन्‍न प्रस्ताव गरे पनि वाम एकता भन्दै दाहालले नै ओलीलाई सत्ता सुम्पेको देउवाको भनाइ छ ।