सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौँ - सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई “नो डाटा, नो प्रोब्लम” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न सक्नेछन् ।
मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले एपमा रहेका सबै सेवाहरू जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यू-आर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउँनेछ । यो योजना आजबाट लागू भएको छ । सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया