बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सर्लाहीमा बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु

सर्लाही- सर्लाहीको मलंगवा नगरपालिका-२ झण्डा बजारमा आज बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्लाहीको कौडेना गाउँपालिका-३ बस्ने ४० वर्षीय चन्दन चौधरी रहेका छन् । 

आज बिहान पौने ११ बजे ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । 

बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।