बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

प्रतिकात्मक तस्वीर

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेमा लु.१ ज ३७५४ नम्बरको जिप आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार मुगु रारा छाँयानाथ नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक तिरूवा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका जिपका चालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिपमा सवार अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।