पद्मश्री पुरस्कारका लागि पाँच पुस्तक छानिए

काठमाडौं : खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकको सूची घोषणा गरेको छ।
२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरू मध्येबाट निर्धारित मापदण्डबमोजिम मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्र वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरेको थियो।
उक्त विस्तारित सूचीमा परेका कृतिहरू मध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ। तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरू मध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जनाएको छ।
सिफारिस भएका पाँच कृतिहरूको नाम
१. अग्नि : डा. नवराज लम्साल
२. अर्को भोर : केशवराज ज्ञवाली
३. भिक्षुसँग प्रेम : उषा हमाल
४. मिथ्या : दीपक पराजुली
५. यादहरूको सङ्ग्राहलय : केवल बिनाबी
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया