कोउन्डेले गरे बार्सिलोनासँग पाँच वर्षको सम्झौता

काठमाडौँ- फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् ।
२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले युरोपा लिग उपाधी जित्दा कोउन्डे टोलीका सदस्य थिए ।
कोउन्डेलाई यश अघि इंग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया