पत्रकार महासंघ चुनाव: बागमतीमा देवकोटा नेतृत्वको प्यानल विजयी

हेटौंडाः नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिमा शिव देवकोटा नेतृत्वको प्यानल विजयी भएको छ । बिहीबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार शिव देवकोटाले ५ सय ४१ मतसहित जित हासिल गर्दा हरिप्रसाद पोखरेल ४ सय २१ मतले निकटतम प्रतिद्वन्द्वी रहे भने गिरिजाप्रसाद अधिकारी २ सय ५४ मतसहित तेस्रो स्थानमा रहेको निर्वाचन समितिका सदस्य सुरेश श्रेष्ठले बताए ।
महासंघको प्रदेश समितिको उपाध्यक्षमा ४ सय ५५ मतसहित रुपेश दुलाल विजयी भए । उपाध्यक्षका आकांक्षी हरिप्रसाद हुमागाईले ४ सय १ मत प्राप्त गरे भने नवराज छत्कुलीले ३ सय ३४ मत प्राप्त गरे । यस्तै महिला उपाध्यक्षमा नानीमैया (सम्झना) कार्की ६ सय ९० मतसहित विजयी हुँदा अर्की आकांक्षी संगीता आचार्यले ४ सय ८४ मत पाइन् । महासचिव पदमा कृष्ण सारु मगर ७ सय ६९ मतसहित विजयी हँुदा अर्का आकांक्षी केशव अधिकारीले ४ सय ३१ मत प्राप्त गरे । सचिवमा युवराज पुरीले ६ सय ५९ मतसहित विजयी हँुदा अर्का आकांक्षी दयाराम महतले ४ सय ९० मत प्राप्त गरे ।
समावेशी सचिवतर्फ राजन विक (गाउँले) ६ सय १७ मतसहित विजयी भए । अर्का आकांक्षी जीवन लामाले ५ सय ४३ मत प्राप्त गरे । कोषाध्यक्षमा रमेश ढुंगेल (६६२ मत) विजयी भए । अर्का आकांक्षी रामचन्द्र नेपाल (५११ मत) थिए । खुला सदस्यमा इकागजकर्मी जीवन कुँवर (६३८ मत), सुदीप सिवाकोटी (६१९ मत), रामहरि गजुरेल (६१८ मत), सन्तोष भुजेल (५६५ मत) र श्यामप्रसाद खतिवडा (५४८ मत) विजयी भए । महिला सदस्यमा सम्झना हुमागाई (६९० मत), अञ्जु तामाङ (६७६ मत) र ज्ञानु श्रेष्ठ (६२८ मत सहित विजयी भएको निर्वाचन समितिका सदस्य श्रेष्ठले जानकारी दिए ।
यसैगरी दलित सदस्यमा केशव नेपाली (६८० मत), आदिवासी जनजातिमा काजी श्रेष्ठ (६१८ मत) र पेमा लामा (६१७ मत) विजयी भए । २१ सदस्यीय प्रदेश समितिमा यसअघि मधेशी आरक्षणमा पवित्रा ढकाल (भगत) र प्रविणकुमार दत्ता निर्विरोध निर्वाचित भएका थिए भने अल्पसंख्यकतर्फ निराशी थामी निर्विरोध निर्वाचित भएकी थिइन् ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया