एक वर्षमा एक खर्ब बढीको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात

काठमाडौं - नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको तेल आयात गरेको हो ।
सो अवधिमा नेपालमा विभिन्न देशबाट ७१ करोड ८२ लाख ४३ हजार ८७७ लिटर कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल भित्रिएको विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँको ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।
सोही अवधिमा ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपैयाँको २७ करोड ६६ लाख २२ हजार १४१ लिटर कच्चा पाम तेल, १८ अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैयाँको १० करोड ८५ लाख ३५ हजार ४०९ लिटर कच्चा सनफ्लावर तेल र २ करोड ५ लाखको १ लाख २ हजार ७८१ केजी कच्चा नरिवल तेल नेपालले आयात गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नै नेपालले प्रशोधन गरीएको ९३ अर्ब ७० करोड ८५ लाख ९० हजार रुपैयाँको भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो । सो वर्ष नेपालले विभिन्न देशबाट ल्याएको कच्चा भटमास, पाम र सनफ्लावर तेल प्रशोधन गरी भारतमा ५५ अर्ब ९० करोड ३८ लाख १५ हजार रुपैयाँको निर्यात गरेको थियो ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया