बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सुनचाँदीकै मूल्य बढ्यो

काठमाडौं -​ आज पनि सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 
 
महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० पुगेको छ ।