छ महानगरका मेयर आज पोखरामा भेला हुँदै

पोखरा - पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू भेला हुनेछन् ।
महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानूनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए । उनले महानगरको छुट्टै सन्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।
महानगरको छुट्टै सन्चालन ऐनबारे यसअघि पनि छलफलमा गएको थियो । तर कार्यान्वयन भएन । मेयरहरूले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्टरूपमा प्रदेश र संघ सरकारमा बुझाउने बताएका छन् ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया