कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जामार्फत सेवा दिइने

सुर्खेत- कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जा मार्फत काम गर्ने सहमति भएको हो ।
ऊर्जामन्त्री गणेशप्रसाद सिंह र केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
जाजरकोटमा विद्युत नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य उर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ । योभन्दा अगाडी जाजरकोटका नलगाड ,बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जा मार्फत १० वर्षसम्म विद्युत लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जा मार्फत सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाइ निर्देशन समेत दिए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया