पूर्वमन्त्री बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक

काठमाडौँ - पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपकप्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक भएको छ ।
बाँस्कोटाको जीवनका विभिन्न पाटा समेटिएको पुस्तक आज कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला, नेता अर्जुननरसिंह केसीलगायतले सार्वजनिक गरेका हुन् । बुक्स राइटिङ नेपालले प्रकाशन गरेको सो पुस्तक २१२ पृष्ठको छ ।
पुस्तकमा बाँस्कोटाको राजनीतिक, सहकारी, अग्र्यानिक कृषि र वैदिक नेपाल निर्माणका लागि उनले गरेका कामको चर्चा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे नेता कोइरालाले बाँस्कोटा राजनीतिमा नैतिकता हुने सीमित व्यक्तिमध्येमा पर्नुहुने बताए । नेपाल श्रीलंकाको अवस्थामा नपुग्ने उल्लेख गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन स्थापना गर्नुपर्नेमा जोड दिए । राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने उनको भनाइ थियो ।
पूर्वमहामन्त्री गुरुङले कालिम्पोङ घुमेर बाँस्कोटाले सहकारीका माध्यमबाट अग्र्यानिक चिया उद्योग स्थापना गरेको सुनाए । कांग्रेस नेता केसीले बाँस्कोटाले सहकारी क्षेत्रमा गरेको योगदानको चर्चा गरे । वैदिक संस्कारलाई व्यवहारमा उतार्न हुने गरेका कमीकमजोरी खोजेर त्यसको अन्त्य गरिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा लेखक बास्कोटाले निष्ठाको यात्रा अझै नसकिएको उल्लेख गर्नुहुँदै वैदिक नेपाल निर्माण अभियानमा आफू लागेको बताए । पश्चिमी जगत्समेत वैदिक दर्शनमा आकर्षित भएको देखेर नेपाललाई वैदिक देशका रुपमा पुनस्र्थापित गर्न आफू लागेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा कुलप्रसाद कोइराला, विश्व शान्ति राष्टम्का अन्तर्राष्ट्रिय निर्देशक किङ्स्ले ब्रुक्स, ध्यान शिक्षक भरतराज पौडेललगायतले नेपाललाई वैदिक देश बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिए । रासस
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया