युएईको क्रिकेट लिगका शीर्ष खेलाडीले ४,५०,००० डलर पाउने

काठमाडौँ – युएईको इन्टरनेसनल लिग टी-ट्वान्टी क्रिकेटका शीर्ष खेलाडीलाई प्रत्येक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरिने भएको छ । रकमको हिसाबले यो इन्डियन प्रिमियर लिग (आईपीएल) पछिकै सबै भन्दा ठूलो हो ।
इमिरेट्स क्रिकेट वोर्डले लिग आयोजना गरेपनि यसमा आईपीएलका मालिकहरुको ठूलो लगानी रहेको छ । जनवरीमा सुरु हुने लिगका लागि प्रत्येक टिमको तलबको सीमा २५ लाख अमेरिकी डलर रहेको क्रिकइन्फोले जनाएको छ । सबै भन्दा कम कमाउने खेलाडीले १० हजार अमेरिकी डलर पाउनेछन् ।
आईपीएलमा भने प्रत्येक सिजनमा सर्वाधिक कमाउने खेलाडीले २० लाख अमेरिकी डलरसम्म पाउने गरेका छन् । जबकी पाकिस्तान सुपर लिगमा उत्कृष्ट खेलाडीको सर्वाधिक तलब २ लाख अमेरिकी डलर रहेको छ । द हन्ड्रेडले १ लाख ६४ हजार तथा बीबीएलले २ लाख ३८ हजार डलर तिर्ने गरेको छ ।
जनवरी ६ देखि फेब्रुअरी १२ सम्म चल्ने युएईको लिगमा ६ टिमको सहभागिता रहनेछ । ती मध्ये ३ टिमको मालिक आईपीएलका टिम रहेका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया