परीक्षणको १४ प्रतिशतमा कोभिड संक्रमण पुष्टि

काठमाडौँ - पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमुनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।
आज पाँच हजार २५ नमुनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । आज दुई हजार ५४१ नमुनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र दुई हजार ४८४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज २१५ सङ्क्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ । आज ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया