पाकिस्तानमाथि श्रीलंकाको २४६ रनको जित
काठमाडौँ – घरेलु टोली श्रीलंका र पाकिस्तानबीचको दुई खेलको टेष्ट सिरिज १-१ को बराबरीमा टुंगिएको छ । बिहीबार सम्पन्न दोस्रो टेष्ट श्रीलंकाले २ सय ४६ रनले जितेपछि सिरिज बराबरीमा टुंगिएको हो । पहिलो खेल पाकिस्तानले ४ विकेटले जितेको थियो ।
दोस्रो टेष्ट अन्तर्गत श्रीलंकाले जितका दिएको ५ सय ८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तान २ सय ६१ रनमै अलआउट भएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ८१ रन जोडेका थिए ।
पाकिस्तानको दोस्रो इनिङ्स धराशायी बनाउन श्रीलंकाका प्रभात जयसुर्याले सर्वाधिक ५ तथा रमेश मेन्डिसले ४ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङ्समा दिनेश चन्डिमलको ८० रनको मदतमा ३ सय ७८ रन जोडेको थियो । पाकिस्तानका नसिम शाह र यासिर शाहले समान ३-३ विकेट हात पारेका थिए ।
जवाफमा पाकिस्तान भने २ सय ३१ रनमै अलआउट भएको थियो । उसका लागि अघा सल्मानले ६२ रन जोडेका थिए । श्रीलंकाका रमेश मेन्डिसले सर्वाधिक ५ तथा प्रभात जयसुर्याले ३ विकेट हात पारेका थिए ।
दोस्रो इनिङ्स भने श्रीलंकाले ८ विकेट गुमाएर ३ सय ६० रन जोड्दै समाप्तीको घोषणा गरेको थियो । श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १ सय ९ रन जोडेका थिए । पाकिस्तानका नसिम शाह र मोहम्मद नवाजले २-२ विकेट हात पारे ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया