भारतले गर्यो वेस्ट इन्डिजविरुद्धको सिरिज 'क्लिन स्विप'
काठमाडौँ – घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले 'क्लिन स्विप' गरेको छ । तेस्रो तथा अन्तिम खेल १ सय १९ रनले जित्दै पाहुना टोली भारतले सिरिज क्लिन स्विप गरेको हो । यसअघि भारतले पहिलो खेल ३ रन तथा दोस्रो खेल २ विकेटल जितेको थियो ।
बुधबार राति वर्षाले प्रभावित तेस्रो खेलमा डकवर्थ लेविस (डिएल) मेथडका आधारमा वेस्ट इन्डिजले निर्धारित ३५ ओभरमा भारतबाट पाएको २ सय ५७ रनको लक्ष्य पाएको थियो । तर सो लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज २६ ओभरमा १ सय ३७ रनमै अलआउट भएको थियो । वेस्ट इन्डिजका लागि ब्रान्डन किंग र कप्तान निकोलास पुरनले समान ४२-४२ रन जोडे ।
भारतका लागि युजवेन्द्र चहलले सर्वाधिक ४ तथा मोहम्मद सिराज र शर्दुल ठाकुरले समान २-२ विकेट लिए ।
यसअघि वर्षाका कारण ३६ ओभरमा मात्र ब्याटिङ गरेको भारतले ३ विकेट गुमाएर २ सय २५ रन जोडेको थियो । भारतका लागि सुवमन गिलले अविजित ९८ रन तथा कप्तान शिखर धवनले ५८ रनको योगदान गरे ।
वेस्ट इन्डिजका लागि हायडेन वाल्सले २ तथा अकिल होसेनले १ विकेट हात पारे ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया