दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डको जित
काठमाडौँ – पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-ट्वान्टी खेल इंग्ल्यान्डले ४१ रनले जितेको छ । जितसँगै तीन खेलको सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।
बुधबार राति ब्रिस्टलमा भएको खेलमा इंग्ल्यान्डले दिएको २ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल १ सय ९३ रन मात्र जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७२ रनको योगदान गरे । इंग्ल्यान्डका रिचर्ड ग्लिसनले सर्वाधिक ३ तथा रिसे टोप्ले र आदिल रशिदले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३४ रन जोडेको थियो । इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले सर्वाधिक ९० रन तथा मोइन अलीले ५२ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लागि लुङगी नगिडीले सर्वाधिक ५ तथा एन्डिल फेहलुक्वायोले १ विकेट हात पारे ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया