डलरको भाउ बढेको बढ्यै, नेपाली रुपैयाँ खस्केको खस्क्यै

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८८ पैसा र बिक्री दर १५४ रुपैयाँ ६१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया