आजदेखि काठमाडौँको फोहोर उठ्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउने भएको छ । आज बिहान ६ बजेदेखि फोहोर उठ्ने महानगरपालिकाले जनाएको छ । आजदेखि उठाउने भएकोले पायक पर्ने स्थानमा फोहोर संकलन गरेर राख्न महानगरले अनुरोध गरेको छ ।
महानगरले यसअघि झै फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा राखेको जनाएको छ ।
केही दिन अघि महानगरले एक सातासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाडौँ महानगरले धन्यवादसमेत दिएको छ ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया