लुम्बिनीमा संसदीय समिति सभापति बाँडफाँट

बुटवल- लुम्बिनी प्रदेश सभामा खाली रहेका ४ वटा विषयगत समितिका सभापति चयनको प्रक्रिया अगाडि बढेको छ ।
बुधबार सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार यहाँ सार्वजनिक लेखा समितिमा एमालेका विष्णु पन्थीको उम्मेदवारी परेको छ । त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राजमोकी तारा जिसीको उम्मेदवारी परेको छ ।
सामाजिक विकास समितिमा एमालेका बाबुराम गौतम र कृषि वन तथा वातावरण समितिको सभापतिमा एमालेकै जाल्पा भुसालको उम्मेदवारी परेको छ । बुधबार उम्मेदवारी दर्ता कार्यक्रम सकिएको र बिहीबार समितिका छुट्टाछुट्टै बैठकबाट सभापति चयन भएको घोषणा गरिने छ । सभापतिहरूको सपथ शुक्रबार हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समितिमध्ये ४ वटा समिति लामो समयदेखि सभापतिविहीन हुँदा समितिहरूका काम प्रभावित हुँदै आएका थिए ।
लेखा समितिका तत्कालीन सभापति डिल्ली चौधरी नयाँ सरकार गठनसँगै मन्त्री भएपछि सभापति पद खाली छ । त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने थिए जो माओवादी केन्द्र छाडेर एमालेमा आबद्ध भएपछि पार्टीले कारबाही गरेपछि उनको सांसद पद गुमे सँगै समिति सभापतिविहीन भयो ।
कृषि वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव मन्त्री भएपछि यो समिति पनि सभापतिविहीन भएको थियो । यादव एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएका थिए । पछि उनको दल जसपाले पार्टी निर्णय विपरीत सरकारमा सामेल भएको भन्दै कारबाही गरेपछि उनको पनि सांसद पद गुमेको हो । सभापतिविहीन अर्को समिति सामाजिक विकास समितिका सभापति थिए, दृगनारायण पाण्डे । पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने क्रममा उनले सांसद पदबाटै राजीनामा दिएका थिए । उनले राजीनामा दिए सँगै सभापति पद खाली भएको थियो ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_7xDdk2NxEK_yb7tvj9nxr4hzbuwt3etnobno9xbew5ezoknkybata0t0afl1euuift1puwr.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_wIEjpdjVao_xufvyqsjsd9cpvmqrpurwiegg0jeu5tcmrdfgjsb9vkrrmtvzcjucrja9vjz.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया