अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लू भोलि साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।
नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लू ले नेपाल भ्रमण गरेका थिए ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया