सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

सिंहदरबारका १२० कर्मचारी बिनासूचना अनुपस्थित

फाइल तस्वीर

काठमाडौं – सरकारको केन्द्रीय सचिवालय सिंहदरबार परिसरका विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा विभिन्न पदमा कार्यरत एक सय २० जना कर्मचारी बिना सूचना अनुपस्थित रहेको राष्ट्रिय सतर्कता केन्द्रले फेला पारेको छ ।

केन्द्रले हिजो मंगलबार गरेको अनुगमनमा १९ जना कर्मचारीहरु अनुगमन गरिएको दिनभन्दा अगाडि बिना कुनै सूचना अनुपस्थित रहेको जनाएको छ । केन्द्रले आज जारी गरेको विज्ञप्तिअनुसार अनुगमनका क्रममा २८ जना कर्मचारीले नेपाल सरकारले तोकेको पोशाक नलगाएको भेटियो । 

केन्द्रले बिना कुनै सूचना कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोशाक नलगाउने कर्मचारीहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखि पठाएको केन्द्रले आज जारी गरेको विज्ञप्तिमा छ ।