रेडमी बडस् ३ लाइट नेपालमा
सुन्न मन पर्दो, दाम भर पर्दाे

काठमाडौंँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। शाओमीको रेडमी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको कम्पनीले जनाएको छ ।
रेडमी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरु साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्छ । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर अमित कुमार पंडाले भने, “रेडमीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– “बडस् फर फन” लन्च गरेको छ । रेडमीको बड्स ३ लाइटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।”
नयाँ लक–इन डिजाइन
रेडमीको बडस् ३ लाईटको तौल ३५ ग्राम भन्दा कम छ। यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्ध छ । यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदाइ बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ ।
बेस्ट बिट अनि राम्रो बेस!
रेडमीको बडस् ३ लाइटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याब द्वारा ट्युन गरिएको ६एमएम को डायनामिक ड्राइभर समावेश गरिएको छ।
ड्रप अफ कल्स अब नो मोर!
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेडमीको बडस् ३ लाइट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाइटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ ।
राम्रो प्लग र चार्ज
टाइप-सी चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाइटसँग ५ घण्टाको चार्जमा पाउनुहोस् १८ घण्टा सम्म म्युजिक प्लेब्याक ।
धुलो र पानी प्रतिरोध
जिम होस् वा दैनिक यात्रा आइपी५४* को धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेडमी बडस् ३ लाइटको आनन्द लिनुहोस्।
रेडमी बडस् ३ लाइट कालो रंगमा रु ३,३९९ मा उपलब्ध छ । रेड्मीे बडस् ३ लाइट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुनेछ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया