नेविसंघले माग्याे गण्डकीका मुख्यमन्त्रीको राजीनामा

पोखरा। नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीका मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेश सरकारको विरोध प्रदर्शन गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै उनीहरुले बुधबार प्रदर्शन गरेका हुन् ।
आर्थिक वर्ष २०७९/८० देखि अत्यधिक बढाइएको सवारी कर र जरिवानाको विरोध गर्दै नेविसंघ विरोधमा उत्रेको हो। साउनदेखि लागू हुने गरि सवारी साधनमा २५ प्रतिशतबाट ह्वात्तै २०० प्रतिशत कर बढाएको प्रदेश सरकारले सूचना प्रकाशित गरेको थियो ।
नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले दुई दिनभित्र सवारी कर र जरिवाना फिर्ता नभए गेटमा नभई कोठासम्म पसेर श्रीलंकामा प्रदर्शनकारीले गरेको आन्दोलनको झल्को दिने चेतावनी दिए । उनले आफूहरूले पार्टी हेरेर नभई जनताको एजेन्डाबारे आवाज उठाएको बताए ।
उनीहरुले करवृद्धि फिर्ता गर, जरिवाना कर फिर्ता, मुख्यमन्त्री राजीनामा दे, भौतिक मन्त्री होसियारजस्ता नारा लगाएका छन् । यता यातायात व्यवस्था कार्यालय कास्कीले भने सूचना प्रकाशित गरेर जरिवाना तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया