फाइजरले विकास गरेको कोभिडविरुद्धको खोप ‘खुशीको खबर' : ट्रम्प

औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड-१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका सङ्क्रमितमा औषधिको प्ररीक्षण गरिएको र यसको ९४ प्रतिशत सकारात्मक रहेको भन्दै क्लिनिकल परीक्षणलाई अझै जारी राखिएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार खोपको प्रभावकारितासम्बन्धी समाचारलाई ‘खुशीको खबर’ भनेका छन् । 'खोप छिट्टै आउदैछ । यसले स्टक बजार ह्वात्तै बढ्नेछ । खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी पाइएको छ । यो विशेष समाचार हुनसक्छ,' ट्रम्पले खोपको प्रभावकारितासम्बन्धी समाचार सार्वजनिक भएपछि गरेको ट्वीटर सन्देशमा उल्लेख छ ।
ट्रम्प प्रशासनले कोभिड-१९ महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेको आरोप अमेरिकीहरूले नै लगाउने गरेका छन् । ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा आएको जनमतलाई पनि यसै विषयसँग जोडेर हेरिएको छ ।
अमेरिकामा अहिलेपनि कोभिड सङ्क्रमण दर उच्च रहेको र यो नियन्त्रणमा आउने कुनै सङ्केत नदेखिएको भनी राष्ट्रपति ट्रम्पको आलोचनासमेत भएको छ । (एएफपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया