कृषि विकास कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेको अन्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन सव–इन्जिनियर राजेन्द्र शाही, ना.प्रा.स. मणिचन्द्र बि.क., जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, तीनमुखेदेखि लुबाबान्न कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा र छायाँनाथ रारा नगरपालिका–१० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावत रहेका छन् ।
अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो दाबी गरिएको छ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया