न्याय परिषद्ले माग्यो २७ न्यायाधीशका लागि आवेदन

काठमाडौँ- न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी परिषदले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।
सूचनाअनुसार संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ को अनुसूची-१ बमोजिम स्वघोषणा पत्र समेत संलग्न गरी आवेदन दिन सक्नेछन् ।
यसैगरी, कानुन व्यवसायी मध्येबाट आवेदन दिन चाहनेहरूले निर्देशिकाको दफा ५ उपदफा (२) को (ग) बमोजिम १० वर्षको कम्तीमा वार्षिक पाँचवटा फैसला वा आदेशका दरले कम्तीमा एक सय फैसला वा अन्तिम आदेशको प्रतिलिपि र तीन वर्षको कानुन व्यवसायबाट आर्जित आयमा कर तिरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा कानुन र न्यायको क्षेत्रसँग सम्बन्धित विषयमा प्रकाशित कम्तीमा १० वटा अनुसन्धानमूलक लेख तथा रचना अनिवार्य पेस गर्नुपर्ने परिषद्ले जनाएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया