दन्त चिकित्सकको माग राख्दै नेपाल डेन्टल एसोसिएसनले भेट्याे माधव नेपाल

काठमाडौँ- नेपाल डेन्टल एसोसिएसनले आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नरहेको भन्दै स्वास्थ्य मन्त्रालयमा अघिल्लो हप्ता मन्त्री तथा राज्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको निर्णय सच्याउन दबाबमूलक भेटघाट निरन्तर राखेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई एसोसिएसनका उपाध्यक्ष डा. अजयकुमार साहको नेतृत्वमा गएको टोलीले स्थितिबारे अवगत गराई यो निर्णय सच्याउन पहलकदमी लिन अनुरोध गरेको छ ।
स्वास्थ्य सचिवद्वय देव कुमारी गुरागाईं तथा डा रोशन पोखरेल, प्रमुख विषेशज्ञ डा गुणराज लोहनी तथा स्वास्थ्य मन्त्री का विज्ञ सल्लाहकार डा. रमेश ढकालसँग समेत भेटघाट गरी दन्त चिकित्सकहरुको दरबन्दी आधारभूत अस्पतालमा हुनै पर्ने अडान पुनः दोहोर्याएका छन् ।
डा लोहनीको भनाइ उदृत गर्दै लामो प्रक्रियाबाट गरिएको निर्णय भएकाले यसको विरोध गर्नु भन्दा सच्याउन सकिने अझै स्थान रहेको एसोसिएसनका केन्द्रीय सहसचिव डा विश्व प्रकाश ठाकुरले जानकारी दिए ।
'राज्यको स्रोतले त्यति तलसम्म दन्त चिकित्सक धान्न सक्दैन भन्ने तर्क पनि छ, तर यहाँ १५ बेड /१० बेड का अस्पतालले अलिकति दुर्गममा १५००० त कतै २५००० सम्म नागरिकलाई सेवा दिनुपर्ने देखिन्छ, विश्व स्वास्थ्य संगठनले प्रति ७५०० जनसंख्या १ दन्त चिकित्सक ( १:७५००) भनेर निर्दिष्ट गरेको छ, राज्यले पनि त्यसको उत्तरदायित्व लिनु पर्छ कि पर्दैन? कि विश्व स्वास्थ्य संगठनको बैठक भत्ता र भोज मात्रै चल्ने अनि निर्दिष्ट गरेका वैज्ञानिक सिद्धान्त चाहिँ नचल्ने हो स्वास्थ्य मन्त्रालयलाई?' केन्द्रीय सदस्य डा. हरिप्रसाद ओलीले प्रतिक्रिया दिए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यो विषयले अहिले मन्त्रालय भित्र सबैको ध्यानाकर्षण भएको छ र कति बेड सम्म दन्त चिकित्सकको दरबन्दी राख्न सकिन्छ भनेर एक बैठक बसी टुंगो लगाइने प्रक्रिया समेत कार्यान्वयनको चरणमा छ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया