मोबाइल डेटा कुन देशमा कति सस्तो ? नेपाल १०औं स्थानमा

काठमाडौँ- नेपालको मोबाइल डेटा विश्वमा सस्तो डेटाको १०औँ स्थानमा परेको छ। विश्वका विभिन्न देशले दिने डाटामा नेपाल १०औँ स्थानमा रहेको देखाएको हो।
विभिन्न देशमा रहेको मोबाइल इन्टरनेटको डेटा दाँजेर हेर्न सकिने एक कम्पनीले हालै सार्वजनिक गरेको अध्ययनले नेपालका मोबाइल इन्टरनेट विश्वकै १०औँ सस्तो रहेको सो तथ्यांकले देखाएको छ।
सो कम्पनीका अनुसार विश्वमै सबैभन्दा सस्तो मोबाइल डेटा इजरायलको रहेको छ । दोस्रो स्थानमा इटालीको मोबाइल डेटा रहेको छ। छिमेकी राष्ट्र भारतको मोबाइल डेटा विश्वको पाँचौ सस्तो डेटाको रूपमा रहेको छ। नेपाल भन्दा ए स्थान अगाडि उरुग्वे रहेको छ भने श्रीलंकाको मोबाइल डाटा एक स्थान पछाडि रहेको छ।
नेपालका मोबाइल सेवा प्रदायकले उपलब्ध गराउँदै आएका ३६ ओटा मोबाइल डेटा प्याकेजमा गरिएको अध्ययन अनुसार नेपाल १०औँ सस्तो रहेको छ । नेपालमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.२७ डलर अर्थात् करिब ३४ रुपैयाँ पर्ने उक्त अध्ययनले देखाएको छ ।
सम्पूर्ण लिस्ट हेर्न यहाँ जानुहोस्

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया