मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टसको बराबरी

काठमाडौँ – प्रि-सिजन मैत्रीपूर्ण फुटबल खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालीको युभेन्ट्सले बराबरी खेलेका छन् । अमेरिकाको टेक्ससमा बुधबार विहान भएको मैत्रीपूर्ण खेलमा ला लिग क्लब बार्सिलोना र सिरि ए क्लब युभेन्ट्स २-२ गोलको बराबरी खेलेका हुन् ।
बार्सिलोनाका लागि दुबै गोल ओसमाने डेम्बेले तथा युभेन्टसका लागि मोइस किनले दुवै गोल गरे ।
डेम्बेलेले ३४ औँ मिनेटमा गरेको गोलसँगै बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । तर किनले ३९ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
त्यसको एक मिनेटपछि ४० औँ मिनेटमा डेम्बेलेले दोस्रो गोल गरेपछि बार्सिलोना पुनः खेलमा फर्किएको थियो । तर ५१ औँ मिनेटमा युभेन्ट्सका किनले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया