तीन देशलाई आईसीसीको सदस्यता, युक्रेनले भने कुर्नुपर्ने
काठमाडौँ – इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले तीन नयाँ देशलाई सदस्यता दिएको छ । इंग्ल्यान्डमा भएको आईसीसीको वार्षीक साधारणसभाका क्रममा एसियाका कम्बोडिया र उजवेकिस्तान तथा अफ्रिकाको कोट डी’आइभोइरलाई सदस्यता प्रदान गरिएको हो ।
यससँगै आईसीसीको सदस्य संख्या १ सय ८ पुगेको छ । त्यसमध्ये ९६ एसोसियट सदस्य हुन् । एसियाबाट अब सदस्य संख्या २५ तथा अफ्रिकाबाट २१ पुगेको आईएएनएसले जनाएको छ ।
घरेलु संरचना तथा प्रतियोगिताको आधारमा आईसीसीको सदस्यता प्रदान गरिने गरिन्छ । त्यसमा ५० ओभर र २० ओभरको खेल आयोजना गर्ने पूर्वाधारका साथै युवा तथा महिला क्रिकेटको संरचना विकासको अवधारणा हुनुपर्ने हुन्छ ।
यसैबीच क्रिकेट गतिविधि सुरक्षित तरिकाले नफर्केसम्म युक्रेनको सदस्यताको लागि दिएको आवेदन स्थगित गरिएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया