बनेपामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा हिजो बेलुकी ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
बनेपाबाट काठमाण्डौ आउँदै गरेको ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेकै रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामाको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो
घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया