संसदीय छानबिन समितिले आज प्रतिवेदन तयार गर्ने

काठमाडौं - पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आज प्रतिवेदन तयार गर्ने भएको छ । सिंहदरबारमा मंगलबार अबेरसम्म बसेको समितिको दोस्रो बैठकमा फरेन्सिक विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुजेटबारे जानकारी लिएपछि समितिले आजदेखि प्रतिवेदन लेख्ने तयारी गरेको हो ।
आजको बैठकमा सीसीटीभीबारे फेरि छलफल हुने र प्रतिवेदनमा पनि लेखिने समिति सचिव सुरेन्द्र अर्यालले बताए । सीसीटीभी फुटेजका विषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने उनको भनाइ छ ।
उनले अब समितिको म्याद थप गर्न पहल नगरिनेसमेत स्पष्ट पारे । सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया