मुगुमा शिशु मृत फेला

मुगु- मुगुमा शिशुको शव फेला परेको छ । सदरमुकाम गमगढी बजार नजिकै छायानाथ रारा नगरपालिका-२ ट्राफिक प्रहरी कार्यालय नजिकै मृत अवस्थामा शिशुको शव फेला परेको हो ।
अपराह्न ४ बजे तिर बेवारिसे शिशुलाई कुकुरले च्यापेर ल्याएको स्थानीयले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रहरीका अनुसार मृत शिशुलाई कुकुरले घटना भएको स्थलबाट मुखमा च्यापेर ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शिशुको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ठिनिमा राखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुवास हमालले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया