स्वास्थ्य राज्यमन्त्रीले लिए डा. चौरसीयासँग स्पष्टीकरण, अनियमितताबारे सुक्ष्म अध्ययन गरिने

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरसीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन् ।
स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरसीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरीद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिए । स्वास्थ्य राज्यमन्त्री केसीले भने, 'यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ । मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ । दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्छौं ।'
स्वास्थ्य राज्य मन्त्री केसीले १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो ? वास्तविकता के हो ? भनेर जवाफ माग गरेका थिए । आपूर्ति शाखा प्रमुख डा. चौरसीयाले भने आफूले गल्ति नगरेको जवाफ फर्काएका थिए ।
राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा. चौरसियालाई आज मंगलबार राज्यमन्त्री केसी समक्ष उपस्थित भई जवाफ दिन भनेको थियो ।
१० अर्बको औषधि उपकरण खरीदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया