डिसहोमले सुरु गर्यो आइपी टिभी

काठमाडौँ- इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेको डिसहोमले आइपी टिभी सञ्चालनमा ल्याएको छ। पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको हो । डिसहोम आइपी टिभीको नाममा यो सेवा ग्राहकहरुले डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा प्राप्त गर्ने कम्पनीले विश्वास छ ।
नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होम टिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिस नेपालसँग मर्जर गरि डिसहोम नाममा आफ्नो सेवा लाई सञ्चालनमा ल्याएको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर सञ्चारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिसहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरूसँगै गुणस्तरीय बिक्री पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।
पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिस मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तारसँगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट, टेरिस्टोरिएल (टिटु) टिभी र आइपी टिभीमा समेत आफ्नो सेवालाई विस्तार गरेको छ । ग्राहकहरुको मन जित्न सफल इन्टरनेट सेवा डिसहोम फाइवरनेट, सवै भन्दाबढी सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित टेरिस्टोरिएल (टिटु) टिभी मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।
डिटिएच र टेरिस्टोरिएल भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस्ड यो आइपी टिभीमा सर्ट टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डि;होमका एक्सकुलिसिभ च्यानलहरु लगायत २ सय भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा बढी विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमान्ड, क्याच अप टिभी स्टार्ट ओभर टिभी, युट्युब , टिकटक , लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेकोछ । आइपी टिभी सेटटपको निम्न स्पेसिफिकेसन निम्न रहेको छः
● Amlogic S905X 64bit quad core ARM® Cortex™ A53 CPU
● RAM: 1 GB / ROM: 8 GB ● 100 M RJ 45 Port
● Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n
● 2.0 USB Slots * 2
● Power Input: 12V/1 Amp
● Quick App Launch Buttons on the Remote
● Video Decoding: 4K * 2K @ 60fps H.265
● Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया