स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब मात्रै

काठमाडौँ- निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै आयोगले खर्च विवरण सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण मंगलवार सार्वजनिक गरेका हुन् । खर्च मध्ये निर्वाचन आयोगको सचिवालयबाट मात्र १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ।
त्यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको ७५३ वटा कार्यालय मार्फत ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिए। त्यसैगरी ७७ जिल्लाको निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख ७ हजार १३० रुपैयाँ, गृह मन्त्रालय मार्फत मतपेटिका ढुवानीका लागि ४ करोड ५० लाख रुपैयाँ र सञ्चार कार्यका लागि १ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ।
नेपाल सरकारको अर्थ मन्त्रालयबाट आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ निकासा भएकोमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएकोमा ३ अर्ब ६ लाख ९६ हजार १ सय २४ रुपैयाँ फिर्ता भएको पौडेलले जानकारी दिए।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_90I2AM2bI7_p3c6o8dedua2nmxwjyjt1nt1mlachwmahwde8yt73zu46eiinrxpngjgobbb.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया