बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

प्रहरीकाे बढुवा सिफारिसमा परिवारवाद हाबी : खगराज अधिकारी

काठमाडौँ-  प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बढुवामा र बढुवा सिफारिसमा परिवारवादले दुर्गन्धित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले यस्ताे बताएका हुन् ।

उनले अब अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्न आग्रह समेत गरे । अधिकारीले सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खोलवाड गरेको बताए ।

उनले भने,‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बढुवामा र बढुवा सिफारिसमा परिवारवादको दुर्गन्ध दङदङति गनाउन थाल्यो । ऐन बनाउन र विधि र पद्धतिको पालना गरौं ।’