यार्सागुम्बाबाट मनाङमा ३६ लाख बढी राजस्व संकलन

लमजुङ- मनाङमा यार्सागुम्बा संकलनबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएकाे छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।
उनका अनुसार जिम्बू संकलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार दुई सय ३३, निगालोबाट दुई सय २१ र टिम्बुरबाट दुई लाख ९५ हजार चार सय ९९ राजस्व संकलन भएको छ । गौतमले भने, 'आर्थिक वर्ष ०७८/७९ मा यार्सागुम्बा १०७.०५२ किलोग्राम, जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० पिस, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । आर्थिक वर्ष ०७७/७८ मा मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो ।'
मनाङको चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको छ । आव ०७७/७८ मा कोभिड- १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएकाले राजस्व संकलन कमी भएको प्रमुख गौतमको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_90I2AM2bI7_p3c6o8dedua2nmxwjyjt1nt1mlachwmahwde8yt73zu46eiinrxpngjgobbb.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया