वैदेशिक सहायताको २५.६% कोरोना रोकथाममा

काठमाडौँ : गत आर्थिक वर्षमा नेपाललाई प्राप्त वैदेशिक सहायतामध्ये २५.६ प्रतिशत कोभिड-१९ रोकथाम तथा पुनरुत्थानमा प्रवाह भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन, २०२० अनुसार ५१ करोड २९ लाख अमेरिकी डलर कोभिड-१९ रेस्पोन्सका नाममा खर्चिएको उल्लेख छ ।
यसरी प्राप्त गरिएको सहायतामध्ये ४ करोड ८६ लाख डलर बराबरको कार्यक्रमलाई मात्रै कोभिड-१९ केन्द्रित बनाउन फेरबदल गरिएको थियो । आइएनजिओमार्फत ५५ लाख डलर सहायता कोभिड केन्द्रित कार्यक्रमका लागि आएको प्रतिवेदनमा उल्लेख छ ।
प्राप्त सहायतामध्ये ४६ करोड ९८ लाख डलर ऋणको रुपमा आएको छ । १ करोड १९ लाख डलर अनुदानमा आएको छ भने २ करोड ९७ लाख डलर प्राविधिक सहयोगको रुपमा आएको प्रतिवेदनले देखाएको छ । झन्डै १५ लाख डलर सोझो कार्यान्वयनका लागि आएको छ ।
९४.४ प्रतिशत सहायता बहुपक्षीय साझेदारबाट प्राप्त भएको छ । २५ करोड डलर एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त भएको छ । युरोपेली संघबाट १ करोड डलर आएको छ, अन्तर्राष्ट्रिय मुद्रा कोषले २१ करोड ४० लाख डलर, अमेरिकाले २ करोड ६० लाख डलर र विश्व बैंकले ६० लाख डलर सहायता दिएको प्रतिवेदनले जानकारी दिएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०१९/२० मा वैदेशिक विकास सहायता रकम २१.२ प्रतिशतले बढेको छ । यस अवधिमा २ अर्ब अमेरिकी डलर विकास सहायता प्राप्त भएको छ । अघिल्लो आवमा यो १ अर्ब ५७ करोड ८० लाख डलर मात्र सहायता प्राप्त भएको थियो । यो अंग्रेजी वर्ष २०१९ जुलाईदेखि २०२० जुलाई १५ सम्मको अवधिमा प्राप्त सहायतालाई आधार मानी तयार पारिएको प्रतिवेदन हो ।
प्राप्त भएको सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहायतामार्फत आएकव मन्त्रालयले जानकारी दिएको छ । सहायतामा ऋणको अंश बढ्नुले मुलुकको सहुलियत ऋणका लागि योग्यता बढेको संकेत दिएको प्रतिवेदनले जनाएको छ ।
सहायतामा आइएनजिओको योगदान घटेको छ । अघिल्लो आवमा २१ करोड डलर आइएनजिओमार्फत सहायता आएको थियो । तर यसपाली १३ करोड १८ लाख डलर मात्रै आएको प्रतिवेदनले देखाएको छ ।
सहायतामध्ये बजेटरी सहायता ३६.९ प्रतिशत छ । अघिल्लो आवमा यो १५.२ प्रतिशत थियो । अन-बजेटको माध्यमबाट आउने सहायता रकम बढेको छ । १ अर्ब ६७ करोड २९ लाख डलर रकम बजेटरीमाध्यमबाट प्राप्त भएको छ । यो कुल सहायता रकमको ८३.५ प्रतिशत हो । यस्तो सहायता रकम अघिल्लो आवमा ७८.४ प्रतिशत मात्रै थियो । यसले बजेटरी माध्यमबाट आउने सहायता रकम बढेको देखाएको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

प्रतिक्रिया