बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

टिकटक बनाउँदा कुपिण्डे तालमा बेपत्ता

सुर्खेत । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा आज दिउँसो एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–६ का  ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको जानकारी दिएको छ ।

प्रहरी प्रमुख सुमित खड्काका अनुसार मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । बस्नेतको खोजीकार्य जारी रहेको छ । ‘प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ, ताल धेरै गहिरो भएकाले पनि खोज्न समस्या भइरहेको छ’ खड्काले भने, ‘हामीसँग खोज्नको लागि त्यहि प्रकारका साधन तथा उपकरण नहुँदा पनि समस्या भएको हो ।’