शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी रकम भुक्तानी

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिएको पाईएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई जानकारी नदिई रकम भुक्तानी भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा लेखा अधिकृत लगायतको टोलीले किर्ते हस्ताक्षर गरी घरभाडा तथा खाजा नास्तावापतको रकम भुक्तानी गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए । ‘गएको जेठ १९ गते घरभाडा तथा खाजा नास्ता वापतको तीन लाख ६२ हजार बराबरको बिल पेस भएको थियो’ पाण्डेले भने, ‘मलाई जानकारी नै नदिई उक्त रकम भुक्तानी भएको गरेछन् ।’

नगरपालिकामा रकम भुक्तानीका लागि लेखा अधिकृतले बिल भरपाई पेश भएपछि भुक्तानी दिन नमिल्ने भन्दै रोखेको बिलभरपाइमा आफ्नो किर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिएको पाण्डेले दावी गरे ।’ यस विषयमा अख्तियार दुरुपयाेग अनुसन्धानको कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।