पसलमा आगो लगाएर फरार बनेका अभियुक्त पक्राउ

खोटाङ - खोटाङमा पसलमा आगो लगाएर फरार बनेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत १ साउनमा दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका व्यवसायी रेखा राईको किराना पसलमा आगो लगाउने दिक्तेल आचार्य गाउँका २७ वर्षीय जगत कालिकोटे पक्राउ परेका हुन् ।
व्यस्त बजारबिचकै पसलमा आगलागी भएको घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्नेक्रममा कालिकोटेले आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए ।
अभियुक्तलाई प्रहरीले आइतबार दिक्तेलकै अस्पतालचोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । कालीकोटे बिरुद्ध अपराधिक उपद्रव (आगो लगाएको) कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीमा चामल, दाल, तेल, बिस्कुट, चाउचाउ लगायतका उपभोग्य सामग्री जल्लदा अन्दाजी २६ लाख १६ हजार ९३० बराबरको क्षति भएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया