अस्टिन र शोभा ‘डीडीएलजे’को ब्रोडवेका शाहरुख र काजोल

मुम्बई - भारतीय फिल्मको इतिहासमा सर्वाधिक रुचाइएको ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’लाई यसका निर्देशक आदित्य चोपडाले ब्रोडवेको रुपमा मञ्चन गर्दैछन् ।
‘कम फल इन लभः डीडीएलजे म्युजिकल’ नाममा गरिन लागेको यो ब्रोडवेको हाल धमाधम तयारी चलिरहेको छ ।
तर यो ब्रोडवेमा रहने कलाकारको नाम हालसालै मात्र सार्वजनिक गरिएको थियो । यही वर्षको अन्त्यतिर हुन लागेको ब्रोडवेमा निर्माता यशराज फिल्मस् र दि ओल्ड ग्लोबले शाहरुख खान र काजोलको भूमिका निर्वाह गर्ने कलाकारको रुपमा अस्टिन कोलबी र शोभा नारायण चयन गरेको जनाएको छ ।
विशाल–शेखरको संगीत रहने ब्रोडवेमा काजलको भूमिका गर्न लागेकी शोभा नारायणले यसअघि डिज्नेको फिल्म ‘अलाद्दिन’मा राजकुमारी ज्यास्मिनको भूमिका निर्वाह गरेकी थिइन् भने अस्टिल कोलबी पनि डिज्नेकै फिल्ममा देखिने गरेका कलाकार हुन् ।
यीबाहेक ब्रोडवेमा ३० जना कलाकार रहने यशराजले जनाएको छ । ब्रोडवेमा २२ अंग्रेजी गीत रहनेछन् जसलाई डिज्नेकै फिल्म ‘फ्रोजन’का कोरियोग्राफर रब एसफोर्डले कोरियोग्राफ गर्नेछन् ।
ब्रोडवे सेप्टेम्बर १ देखि सुरु भएर अक्टोबर १६ सम्म चल्नेछ । निर्देशक आदित्य चोपडाले ब्रोडवेमा कथाको पृष्ठभूमि लन्डनबाट सारेर अमेरिका पुर्याइएको र कथा सिमरनको पक्षबाट वाचन गरिन लागेको पनि जनाएका छन् । सन् १९९५ मा प्रदर्शनमा आएको यो फिल्मले हलमा सर्वाधिक दिन चल्ने रेकर्ड राखेको छ । मुम्बईको मराठा मन्दिरमा यो फिल्म आजसम्म पनि एक सो चल्ने गरेको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया