विकास समितिद्वारा फास्ट ट्र्याककाे कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौँ-मधेश फास्ट ट्र्याक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले अहिलको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त नदेखिएको भन्दै आयोजनाको लागत नबढ्ने गरी समयमा नै आयोजनालाई सम्पन्न गर्ने गरी विश्वसनीय आधारसहितको ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले उक्त कार्यतालिका यथाशिघ्र समितिलाई उपलब्ध गराउन मन्त्रिपरिषद् कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनाहरूलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् । त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसका वातावरणीय पक्षहरूको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेश्रो पक्षबाट हुने अनुगमनको कार्यान्वयनको जानकारी १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको सभापति खड्काले बताइन् ।
बैठकमा काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना अन्तर्गत विभिन्न खण्डमा ठेक्का लगाएर काम भइरहेको जानकारी दिए । उनले आयोजना निर्माण गर्दा वातावरणीय प्रभावलाई पनि सेनाले मध्यनजर गरेको दाबी गरे ।
समिति सदस्यहरूले आयोजनाको निर्माण गति निकै सुस्त भएको भन्दै आयोजना निर्माणमा देखिएका जटिलतालाई हटाएर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।
२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एशियन हाइ-वे मापदण्डको राष्ट्रिय गौरवको उक्त आयोजनाको हालसम्म २१ दशमलव १८ प्रतिशत मात्रै समस्टिगत प्रगति भएको छ भने पूर्वनिर्धारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरू अघि बढ्न सकेकाे छैन ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया