एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता, ३ खर्ब ४३ अर्ब रूपैयाँ लगानी प्रस्ताव

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगानीमा सञ्चालन हुनेगरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । यो सँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ ।
उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका छन् ।
गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँको लगानी प्रस्ताव भएको विभागले जनाएको छ । नेपालमा हालसम्म दर्ता भएका उद्योगमा प्रस्तावित लगानी २६ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।
पछिल्लो एक वर्षमा दर्ता भएका नयाँ उद्योग सञ्चालनमा आएपछि २८ हजार ५२७ जनाले रोजगारी पाउने विभागले बताएको छ ।
गत वर्ष विदेशी लगानीमा मात्र २९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । विदेशी लगानीमा दर्ता भएका नयाँ उद्योगमा ५ वटा ठूला, ७३ वटा मझौला र २१७ वटा साना रहेका छन् । ती उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगमा १६ हजार ९०५ जनाले रोजगारी पाउने जनाइएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा स्वदेशी र विदेशी लगानीमा २०३ वटा नयाँ उद्योग दर्ता भएका थिए । ती उद्योगमा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । यस वर्ष दर्ता भएका उद्योगमध्ये १८४ वटा विदेशी लगानीका रहेका थिए । ती उद्योगमा ३२ अर्ब ७ करोड विदेशी लगानी प्रस्ताव गरिएको थियो ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया