पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल हावी

काठमाडौँ : नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो अपडेटअनुसार पत्रकार महासंघ, रुकुम पश्चिम शाखाको अध्यक्षमा लक्ष्मण केसी विजयी भएका छन् । यस्तै सचिवमा हिरा परियार विजयी भएकी छिन् ।
रुकुम पश्चिममा पनि प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो । यस्तै रुपन्देहीमा प्रेस युनियनका रामराज पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । सप्तरीमा पनि प्रेस युनियनका श्रवणदेवको प्यानल विजयी भएको छ ।
बाजुराको अध्यक्षमा छक्कबहादुर मल्लसहितको प्यानल विजयी भएको छ । यस्तै पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा किरणमान बज्राचार्य विजयी भएका छन् । चितवनमा नारायण अधिकारीको प्यानल विजयी भएको छ ।
पछिल्लो मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट विपुल पोखरेलको टिमले धेरै ठाउँमा जित हासिल गरेको छ । प्रेस चौतारीबाट उम्मेद्वार बनेकी निर्मला शर्माको प्यानल पछाडि परेको छ । अध्यक्षमा गजेन्द्र बुढाथोकीले पनि केही मत पाएका छन् ।

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया