मौद्रिक नीतिको सकारात्मक प्रभाव सेयर बजारमा हरियाली

काठमाडौँ - मौद्रिक नीति सेयर बजार प्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आइतवार बजार परिसूचक ६१.०५ प्रतिशतले बढेको छ ।
गत साताको अन्तिम कारोबार पश्चात २०१७.४६ रहेको बजार परिसूचक ६१ अंक बढेर २०७८.५१ मा उक्लिएको छ। बजार ६१.०५ अर्थात ३.०३ प्रतिशत बढ्दा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स १२.०९ अंक बढेर ३९८.३३ मा उक्लिएको छ ।
उल्लेख्य रूपमा बजार बढ्दा १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ । आज २१९ कम्पनीको २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। ६४ लाख २३ हजार १५६ कित्ता सेयर ४२ हजार ९३१ पटकमा कारोबार भएको थियो ।
बढ्दो बजारमा आइतवार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, मल्टी प्रपोज फाइनान्स, स्वभिमान लघुवित्त मूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै सबैभन्दा धेरै कारोबार हुनेमा आज शिवम् सिमेन्ट, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एसिया, अरुण काबेली लगायतका कम्पनी रहेका छन् ।
उप समूहतर्फ आजको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य उकालो लागेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया